Dhulikhel Eco Banner new

एनएलजी र प्रभु महालक्ष्मी लाइफको बोनश शेयर सूचीकृत

4.99K
shares

काठमाडौं, १६ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई बीमा कम्पनीहरूको बोनस शेयर सूचीकृत भएका छन्। सोमबार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड को बोनस शेयर सूचीकृत गरिएको हो।

नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस दरअनुसार १० लाख २६ हजार ०८९ कित्ता शेयर सूचीकृत भएको छ। त्यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पनि ४ प्रतिशत बोनस दरअनुसार २० लाख ४१ हजार ४५९ कित्ता शेयर सूचीकृत भएको जनाएको छ।

सूचीकृत भएसँगै यी कम्पनीहरूको बोनस शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछन्। यससँगै सम्बन्धित शेयरधनीहरूले आफ्नो बोनस शेयर कारोबार गर्न सक्नेछन्।