Dhulikhel Eco Banner new

घाम उर्जा सेवाले आईपीओ जारी गर्ने

3.06K
shares

काठमाडौं, २४ चैत । घाम उर्जा सेवा लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यस सम्बन्धमा भएको सम्झौतापत्रमा घाम उर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

घाम उर्जा सेवाले व्यवसायिक तथा औद्योगिक ग्राहकहरूलाई रूफटप सौर्य ऊर्जा प्रविधि उपलब्ध गराउँदै आएको छ । कम्पनीले १५ देखि २० वर्षसम्मको विद्युत खरिद सम्झौता (पीपीए) मोडेलमार्फत सेवा प्रदान गर्दै व्यवसायहरूलाई प्रारम्भिक लगानीबिनै ऊर्जामा आत्मनिर्भर बन्ने अवसर दिँदै आएको छ ।

कम्पनीका अनुसार यस प्रविधिले कार्बन उत्सर्जन घटाउनुका साथै सञ्चालन लागत कम गर्न सहयोग पुर्‍याउँछ । नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत सामाजिक तथा आर्थिक प्रभाव सिर्जना गर्दै जलवायु परिवर्तनविरुद्ध सक्रिय भूमिका निर्वाह गरिरहेको कम्पनीले जनाएको छ ।