Dhulikhel Eco Banner new

प्रतितोला २ हजार २ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.17K
shares

काठमाडौं, २७ चैत । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले बढेको हो ।

महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९४ हजार ७ सयमा कारोबार भएको सुन शुक्रवार बढेर २ लाख ९६ हजार ९ सयमा कायम भएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य ८५ रुपैयाँले बढेको छ । बिहीवार प्रतितोला ४ हजार ८ सय ७५ मा कारोबार भएको चाँदी शुक्रवार ४ हजार ९ सय ६० रुपैयाँमा कायम भएको हो ।