Dhulikhel Eco Banner new

प्रतितोला २ हजार ९ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.05K
shares

काठमाडौं, २ वैशाख । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य २ हजार ९ सयले बढेको हो ।

महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ९९ हजार ८ सयमा कारोबार भएको सुन बुधवार बढेर प्रतितोला ३ लाख २ हजार ७ सयमा कायम भएको छ ।

त्यसैगरी, बुधवार चाँदीको मूल्य १५५ रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला ५ हजार ६५ रुपैयाँ कारोबार भएको चाँदी बुधवार ५ हजार २ सय २० रुपैयाँमा कायम भएको हो ।