Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोवार रकम घट्यो

806
shares

काठमाडौं, १६ वैशाख । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ९५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.२२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी १०प्रतिशत केबीएल डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.४६ प्रतिशतका दरले गुमाएका छन् ।