शेयर बजारमा २३४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख १६ बुधवार १५:०८
shares

काठमाडौं, १६ वैशाख । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ९५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा १० प्रतिशत केबीएल डिबेन्चर २०९०का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.४६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी शिखर पावरका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले गुमाएका छन् भने पाल्पा सिमेन्टका लगानीकर्ताले ७.७९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि त्रिशुली जलविद्युतका लगानीकर्ताले ६.९८ प्रतिशतका दरले गुमाएका छन् भने झापा इनर्जीका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाएका छन् ।


















