Dhulikhel Eco Banner new

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि बन्द हुने

975
shares

काठमाडौं, २३ वैशाख । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ आजदेखि बन्द हुने भएको छ । वैशाख १७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओ आज वैशाख २३ गते बन्द हुँदैछ।

कम्पनीले कुल २५ लाख ८० हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ७२ हजार कित्ता र आयोजना प्रभावितलाई ८ लाख ६० हजार कित्ता बिक्री खुला गरिरहेको छ।

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी गरिएको आईपीओ आज साँझ बैंकिङ्ग समयपछि बन्द गर्न लागिएको हो। स्थानीय बासिन्दाले भने वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिन्छ।