प्रतितोला १ हजार ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:५७
shares

काठमाडौं, २४ वैशाख । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य १ हजार ८ सयले बढेको हो ।
महासंघका अनुसार बुधवार प्रतितोला २ लाख ९६ हजार ८ सयमा कारोबार भएको सुन बिहीवार बढेर प्रतितोला २ लाख ९८ हजार ६ सयमा कायम भएको छ ।
त्यसैगरी, बिहीवार चाँदीको मूल्य पनि १०० रुपैयाँले बढेको छ । बुधवार प्रतितोला ५ हजार ५५ रुपैयाँमा कायम भएको चाँदी बिहीवार ५ हजार १ सय ५५ रुपैयाँमा कायम भएको हो ।

















