मिथिला लघुवित्तको सीईओ पदमा मिश्र नियुक्त
वि.सं.२०८३ जेठ ८ शुक्रवार ०९:५७
3.82K
shares
shares

काठमाडौं, ८ जेठ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नगेन्द्र मिश्र नियुक्त भएका छन्।
संस्थाको सञ्चालक समितिको बिहीवार दिउँसो बसेको २८८औं बैठकको निर्णयानुसार संस्थाको सीईओ पदमा नगेन्द्र मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । मिश्रलाई हिजै देखि लागू हुने गरी एक वर्षको लागि सीईओ पदमा नियुक्त गरिएको हो ।
उनी संस्थाकै नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए।
















