Dhulikhel Eco Banner new

कालंगा हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

1.48K
shares

काठमाडौं, ८ जेठ । कालंगा हाइड्रो लिमिटेडले आज ८ गतेदेखि १३ गतेसम्मका लागि सर्वसाधारणमा आईपीओ खुल्ला गरेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरिसकेको कम्पनीले सर्वसाधारणका लागि जारी गरेको हो।

कम्पनीले बाँकी शेयरमध्ये सामूहिक लगानी कोषलाई १ लाख ७५ हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई १ लाख ५ हजार कित्ता सुरक्षित गरी बाँकी रहने २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीले ४९ करोड बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता बाँडफाँड गरिसकेको छ ।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यदि जेठ १३ गतेसम्म मागभन्दा कम मात्रामा आवेदन परेको खण्डमा भने आवेदन अवधि जेठ २२ गतेसम्म लम्बिन सक्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।