नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो
वि.सं.२०७९ असार २२ बुधवार १२:२६
6.05K
shares
shares

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले रिक्त रहेको पिपा र सवारी चालक पदका लागि कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेको व्यक्तिले असार २२ देखि साउन ४ गतेभित्र बैंकले तोकेको अनलाइन मार्फत फारम भर्न सकिने बैंकले जनाएको छ ।
बैंकले पिपा पदका लागि कुल १६ जना कर्मचारीको माग गरेको छ । साथै हल्का सवारी चालक १४ जना र बस चालक भने ७ जना कर्मचारीको माग गरेको हो ।
बैंकका केन्द्रिय कार्यालय तथा देशका विभिन्न स्थानमा रहेको बैंकको शाखाका लागि एकै पटक करारमा ३७ जना कर्मचारीको माग गरेको हो ।


















