बाढी प्रभावितलाई राहत सहज बनाउन ३ दिन बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
वि.सं.२०८३ भदौ १२ शुक्रवार ११:२७
shares

काठमाडौं, १२ भदौ । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा सहजता पुर्याउने उद्देश्यले तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले भदौ १२ गतेदेखि भदौ १४ गतेसम्म अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन उक्त अवधिमा अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बाढीका कारण नियमित बैंकिङ सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक सेवामार्फत सेवाग्राहीलाई आवश्यक सुविधा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो


















