घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ भदौ १२ शुक्रवार ११:२३
728
shares
shares

काठमाडौं, १२ भदौ । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ हजार ४ सयले घटेको हो ।
महासंघका अनुसार सुन बिहिबार प्रतितोला ३ लाख २० हजार ९ सयमा कारोबार भएको सुन शुक्रबार घटेर ३ लाख १८ हजार ५ सयमा कारोबार भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने आज स्थिर रहेको छ । शुक्रबार ४ हजार ९ सय ६५ रुपैंया मा कायम भएको हो ।


















