Dhulikhel Eco Banner new

विकृति बढार्न पनि कुचोको आवश्यकता : महासंघ केन्द्रीय सदस्य श्रेष्ठ

6.03K
shares

काठमाडौं, ३२ असार । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठले कुचोको काम बढार्ने भएकाले सबै क्षेत्रका विकृति विसंगतिलाई बढार्नु पर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल कुचो संघको सदस्यता प्रभाणपत्र विवतरण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य श्रेष्ठले फोहोर बढारे जस्तै विकृति विसंगतिलाई पनि बढार्नु पर्ने बताएका हुन् ।

अहिले नेपाल उद्योग वाणिज्य महासंघमा समेत विकृति बढेको भन्दै त्यसलाई समेत बढार्नु पर्ने उनको धारणा थियो । भारतमा केजरीवालाई कुचोवाला भनेर भन्ने गरेको भन्दै श्रेष्ठले कुचो संघले त्यस्तै गरि काम गर्नु पर्ने बताए ।

यसका साथै राज्यले विदेशबाट कच्चा पदार्थ आयत गरेर वस्तु उत्पादन गर्नेलाई ५ प्रतिशत र स्वदेशकै कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्ने बस्तुमा ८ प्रतिशत सहुलिय दिने गरेको भन्दै यो सहुलियत पाउने तर्फ पनि संघले पहल गर्नु पर्ने उनको भनाइ छ । बाँजो जग्गालाई सरकारले लिजमा दिनु पर्ने र त्यसमा कुचोको लागि आवश्यक अम्लिसो लगायतको खेति गर्नु पर्ने उनले बताए । राज्यले सुन्दैन तर सुनाउने काम संघले गर्नु पर्ने उनको भनाइ थियो ।