कुचो संघ र डेरी एसोसिएसन एक अर्काका परिपूरक : अध्यक्ष दाहाल
वि.सं.२०७९ असार ३२ शनिवार १९:४२
shares

काठमाडौं, ३२ असार । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले कुचो संघ र डेरी एसोसिएसन एक अर्काका परिपूरक भएको बताएका छन् । कुचो संघको सदस्यता प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कुचोका रुपमा प्रयोग हुने अम्लिसो घाँसका रुपमा पनि प्रयोग गर्न मिल्ने भएकाले यसबाट दुई क्षेत्रले फाइदा लिन सक्ने बताएका हुन् ।
एक अर्काका परिपूरक भएकाले सहकार्य गर्नका लागि आफू तयार रहेको उनको भनाइ छ । कुचो सबैको साझा भएको बताएका उनले कुचो जस्तै मौलिक उत्पादनको प्रवद्र्धनमा ध्यान दिनु पर्ने धारण व्यक्त गरे । विदेशीहरुसँग अन्य क्षेत्रमा प्रतिस्प्रर्धा गर्न नसक्ने भए पनि मौलिक वस्तुको प्रवद्र्धनमा ध्यान दिनु पर्ने उनको भनाइ छ ।


















