नागरिक लगानी कोषले सगरमाथा जलविद्युत्को शेयर प्रत्याभूति गर्ने
वि.सं.२०७९ साउन ४ बुधवार १६:५६
5.34K
shares
shares

काठमाडौं, ४ साउन । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।
शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा भूषण गुरागाईले हस्ताक्षर गरेका हुन ।
सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अङ्कित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्ने छ ।



















