Dhulikhel Eco Banner new

८ महिना मै प्रशिक्षकबाट दासानायकेको राजीनमा

4.54K
shares

काठमाडौं, ४ साउन । नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट पुबुदु दासानायकेले राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन् ।

दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको आठ महिनामै उनले राजीनामा दिएका हुन् । उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । उनको यो नेपाली टोलीको प्रशिक्षकका रुपमा दोस्रो कार्यकाल थियो । उनले अब आफू क्यानडा जाने बताए ।

गएको मङ्सिरमा क्यानले खुला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रूपमा रहेका थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो ।

पुबुदुलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षक मानिन्छ । यस्तै उनकै प्रशिक्षणमा नेपालले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । उनको पहिलो कार्यकाल निकै फलदायी भए पनि दोस्रो कार्यकालले खासै सफल हुन सकेन ।

यसै हप्ता स्कटल्यान्डमा सम्पन्न आईसीसी विश्व कप क्रिकेट लिग दुईमा नेपालको प्रदर्शन कमजोर भए पछि उनको आलोचना भइरहेको थियो । स्कटल्याण्डमा नेपालले चार मध्ये तीन खेलमा पराजय भोगेको थियो ।