Dhulikhel Eco Banner new

नेपाल जापान संयुक्त कार्य समितिको बैठक सम्पन्न, चारवटा विषयमा छलफल

बैठकपछि मन्त्री कुँवरसँग भेटवार्ता

5.54K
shares

काठमाडौं, १९ साउन । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने विषयमा बृहत छलफल गरेको हो ।

बैठकले विषेशगरी चारवटा विषयमा छलफल गरेको छ । त्यसमा नेपाल जापन श्रम समझदारीपत्रमा नेपाल तथा जापनका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने, जापानको (एसएसडब्लु) प्रणाली कार्यन्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नेुपर्ने कार्यविधि बनाउने, नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्र्तीण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरुलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजिकरण गर्ने र जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट (एसएसडब्लु) प्रणाली अन्तरगत नेपालबाट कामदारहरु उपलब्ध हुन सक्ने कुराको जानकारी रोजगारदाताहरुलाई गराउने विषय रहेका छन् ।

त्यस्तै बैठकमा सुचना प्रवाह सहि र छिटो छरितो बनाउनु पर्ने विषयमा पनि छलफल भएको छ । नेपालमा कानुनी रुपमा केही कुरा परिवर्तन हुँदा जापान सरकारलाई पनि जानकारी दिनु पर्ने छ । बैठकमा श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल, परराष्ट्र मन्त्रालयका प्रतिनीधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका हिमालचन्द्र अर्याल, बैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री श्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनीधि मण्डलको सहभातिा रहेको थियो ।

बैठकपछि मन्त्री कुँवरसँग भेटवार्ता

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जापानका सहायक उपमन्त्री श्री चोतुमो नाकागावासँग भेटवार्ता गर्नु भएको छ । बैठक पछि मन्त्रालयमा भएको भेटमा नेपाली भाषा परीक्षा पास भएका र सिप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाका विषयमा छलफल भएको छ ।

मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरु जापान जानको लागि तयारी अवस्थामा रहेका जानकारी गराएका थिए । उनले उपमन्त्री श्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुरोध गर्नु भएको छ । साथै उनले दुई देशबीचको समस्यालाई सामाधान गरी मित्रवत सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।

भेटमा उपमन्त्री श्री चोतुमोले आजको गोष्ठी नेपाली कामदार जापान लैजानका लागि सकारात्मक भएको विश्वास व्यक्त गर्नु भएको छ । उनले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लू) मार्फत ५ हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौतामा ढिलाई भएकाले यो सम्झौता चाडों होस् भन्ने आफुले चाहेको बताए ।

चोतुमोले नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुल्ला गर्न आफुले पहल गर्ने बताए।