Dhulikhel Eco Banner new

अभियान लघुवित्तको आईपीओमा ११ लाखले दिए आवेदन

4.29K
shares

काठमाडौं, १९ साउन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको आईपीओमा दुई दिनमा झण्डै ११ लाखले आवेदन गरेका छन् ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १० लाख ८० हजार २७४ जना आवेदकबाट १ अर्ब २४ करोड ४७ लाख ९३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ४७ हजार ९३० कित्ता शेयरको लागि आवेदन परेको हो ।

लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने सर्वसाधारणको लागि बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर निश्काशन गरिएको छ ।

कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये शुन्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू। १५ करोड २५ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपश्चात पूँजी रू। २५ करोड पुग्नेछ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।