Dhulikhel Eco Banner new

व्यवसायीका समस्या समाधानका लागि तयार छु : महानिर्देशक आचार्य

6.29K
shares

काठमाडौं, २ भदौ । वैदेशिक रोजगार विभागका नव नियुक्त महानिर्देशक उमाकान्त आचार्यले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफू सकारात्म रहेको बताएका छन् । बुधबार वैदेशिक रोजगार व्यवसयाीहरुको बधाइ कार्यक्रममा महानिर्देशक आचार्यले यस्तो बताएका हुन् ।

आफू वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याका विषमा जानकारी रहेको भन्दै समाधानका लागि सधै सकारात्मक रहेको बताएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकालको नेतृत्वमा गएको टोलीले महानिर्देशक आयार्चलाई बधाई ज्ञापन गर्नुका साथै वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याका विषयमा सामान्य जानकारी दिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निर्वतमान सदस्य तथा विदेशमा अलपत्र परेका व्यक्तिहरुको सहजिकरण गर्ने समितिका सदस्य कर्णराज कटुवालले जानकारी दिए । अहिले स्वागत गर्ने र परिचयात्मक कार्यक्रम मात्रै भएको र व्यवसायीका समस्याका विषयमा केही समय पछि महानिर्देकलाई जानकारी गराइने कटुवालको भनाइ छ ।

महानिर्देशकलाई बधाई दिने कार्यक्रममा संघका पुर्व अध्यक्षज्युहरु प्रेम कटुवाल संघ कार्यसमितिका सदस्य प्रज्ञान न्यौपाने, संघका कानुनि सल्लाहकार बरिष्ठ अधिवक्ता शम्भु प्रसाद निरौला र देबराज कटुवालको तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनाल उपाध्यक्ष बिनोद जंग के.सी. र सल्लाहकार चिरञ्जीवी बश्याल, नेपाल बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मन्चका अध्यक्ष धनलाल जैसी र महासचिब कुन्छा दोर्जेदिम्दोङ, एकीकृत बैदेशिक रोजगार ब्यवसायी संगठन नेपालका सचिब अनिल बोगटी, समाजवादी बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष अख्तर हुसैन, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व कार्यसमिति सदस्य कर्णराज कटुवाल लगायतको सहभागिता रहेको थियो ।