Dhulikhel Eco Banner new

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन, आजै अन्त्यष्टि गरिने

5.16K
shares

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । गिरीको ७५ वर्षको निधन भएको हो ।

उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे उनको निधन भएको हो । प्रतिनिधि सभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए ।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गएको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धाञ्जलीका लागि राखिनेछ । बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।