Dhulikhel Eco Banner new

सीटी एक्सप्रेसबाट पैसा पठाउँदा सुन जित्ने मौका

4.29K
shares

काठमाडौं, १५ भदौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउँदा सुन जित्ने मौका रहेको छ । मनी ट्रान्सफले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गरेर ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको हो ।

यो योजना ६३ दिनसम्म चल्ने जनाएको छ । यो योजना भदौ १५ आजदेखि सुरु भएर कात्तिक १५ गतेसम्म सञ्चालन हुने छ । सिटी एक्सप्रेसको उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी र ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिनेछ ।

यो अवधिभरी सिटी एक्सप्रेसमार्फत् देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीले यो उपहार योजनामा सहभागी हुन पाउने छन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।