Dhulikhel Eco Banner new

लघुबीमाले गरिबसम्म सेवा पुर्‍याउछन् : अध्यक्ष सिलवाल

5.56K
shares

काठमाडौं, १५ भदौ । बीमा समितका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनी गरिबहरुसम्म पुग्न नसकेकाले लघुबीमालाई अवधारणा ल्याइएको बताएका छन् । केटिएम भ्वासइसँगको कुराकानीका क्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई बारम्बार ताकेता गर्दा पनि लघु बीमा गर्न नसेकेका कारण लघुबीमालाई अगाडि ल्याइएको बताएका हुन् ।

‘अहिले बीमा कम्पनीहरुले २ प्रतिशत पनि लघुबीमा गर्न सकेका छैनन्, हामीले त १०० प्रतिशत नै गर्नु पर्ने हुन्छ,’ उनले भने । धनीहरुले त आफैले पनि बीमा गर्नु पर्छ भन्ने बुझेर गर्छन तर गरिवलाई बीमाको विषयमा बुझाउनका लागि पनि लघुबीमा आवश्यक रहेको उनको भनाइ छ । करिब ३० प्रतिशत गरिबहरु हरेको देशमा ग्रामिण क्षेत्रमा बीमाको पँहुँच पु¥याउनका लागि पनि लघुबीमा आवश्यक रहेको उनले बताए ।

‘बीमा कम्पनीहरु सानो बीमा गर्न जाँदा उनीहरुको कष्ट समेत हाइ हुने कारणले उनीहरु त्यहाँसम्म जान नसकेको अवस्था छ,’ उनले भने– ‘घरमा ५ वटा कुखुरा पालेको मान्छेले पनि त बीमा सुविधा पाउनु प¥यो भन्ने भावनाका साथ यो कार्यक्रम अगाडि ल्याइएको हो ।’ बीमा गर्नु भनेको जोखिम कम गर्नु हो । अनि गरिबले त्यो सुविधा नपाउने अवस्था देखिएको उनको भनाइ छ ।

देशको विकासका लागि बीमाको महत्वपूर्ण भुमिका रहेको अन्तर्राष्ट्रिय अभ्यासले पनि देखाएको उनको दाबी छ । ठूला बीमा कम्पनीहरुले सहरमा ठूलो रकमको बीमा गर्छन् भने लघु बीमाले सानो क्षेत्र र ग्रामिण क्षेत्रमा सानो रुपमा पनि बीमा गर्नका लागि लघुबीमाको आवश्यकाता रहेको उनको दाबी छ ।