Dhulikhel Eco Banner new

एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर

4.63K
shares

काठमाडौं, २६ भदौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि इच्छुक व्यक्तिहरुलाई आवेदन दिन सूचना जारी गरेको छ । संस्थाले आइतबार सुचना जारी गरेर विभिन्न पदमा ७ जनाको लागि आवेदन माग गरेको हो ।

काभ्रेको धुलिखेलमा केन्द्रिय कार्यालय रहेको लघुवित्तलले आईटी म्यानेजर देखि कनिष्ट अधिकृत तहसम्मका लागि आवेदन माग गरेको छ । सूचना जारी गरेको मितिले १५ दिन भित्र आवेदन दिन सकिने छ । लघुवित्तले सहाये प्रबन्धक तहको एक जना आईटी म्याानेजर, वरिष्ठ अधिकृत तहको आईएसओ अफिसर एक जना, अधिकृत सरह डिजिटल इन्ट्रिगेशन एण्ड डेभलपमेन्ट अफिसर पदका लागि आवेदन माग गरेको छ ।

त्यस्तै कनिष्ट अधिकृत सरह सफ्टवयर एडमिस्टेटर एक जना, मावन संसाधान विभागका लागि सहायक प्रबन्धक १ जना, कनिष्ट अधिकृत १ जना र सोसल डेभलपमेन्ट, कर्पोरेट कम्युनिकेसन एण्ड ब्राडिङ तर्फ कनिष्ठ अफिसर एक जनाका लागि आवेदन माग गरिएको छ ।