मरिच, सुपारी र केराउको आयात खुला
वि.सं.२०७९ भदौ २८ मंगलवार ०९:४५
shares

काठमाडौं, २८ भदौ । कालो मरिच, सुपारी र केराउको आयात खुला भएको छ । २०७६ चैत देखि लगाउँदै आएको प्रतिबन्ध सरकारले खुल्ला गरेको हो ।
केराउ, मरिच र सुपारी तेस्रो मुलुकबाट आयात गरी भारत निर्यात हुँदै आएको थियो । तस्करी बढ्दै गएको भन्दै सरकारले राजपत्रमा सूचना निकालेर २०७६ चैत २४ गतेदेखि यी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले उल्लेखित वस्तुको आयात खुल्ला गरेको हो । औद्योगिक प्रायोजनका लागि भन्दै सरकारले आयात खुलाएको हो । सरकारले औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थको रुपमा केराउ (एचएस कोड ०७१३.१०.००), सुपारी (एचएस कोड ०८०२.८०.००) र कालो मरिच (एचएस कोड ०९०४.११.३०) को आयात खुल्ला गरिएको राजपत्रमा उल्लेख छ ।

















