Dhulikhel Eco Banner new

दोलखा हाईड्रोपावरको खुद नोक्सानी १४१ प्रतिशतले बढ्यो

4.55K
shares

काठमाडौं २८ भदौ । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षकोे वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी ८ करोड ६३ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नोक्सानी १४१ प्रतिशत बढी भएको हो ।

गत आवमा कम्पनीको सञ्चालन नाफा ८५ दशमलव ४२ प्रतिशत कम हुँदा खुद नोक्सानी बढेको देखिन्छ । अघिल्लो आवमा ८ करोड १९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको यस कम्पनीले गत आवमा १ करोड १९ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।

कम्पनीको विद्युत् विक्री आम्दानी अघिल्लो आवभन्दा ७८ प्रतिशत कम २ करोड ३६ लाखभन्दा बढी मात्र भएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६० करोड रहेको छ ।

खुद नोक्सानी बढ्दै गएको कम्पनीको जगेडा कोष रकम ४९ करोडभन्दा बढी ऋणात्मक रहेको छ । अघिल्लो आवको तुलनामा जगेडा कोषको ऋणात्मक रकम पनि गत वर्ष २१ दशमलव ३५ प्रतिशत बढी भएको हो ।

दीर्घकालीन कर्जा ९७ करोड ४१ लाखभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा तथा सापटी रकम ५ करोड ८५ लाखभन्दा बढी छ । दीर्घकालीन कर्जा अघिल्लो वर्षभन्दा २ दशमलव ३३ प्रतिशत कम भएको हो भने अल्पकालीन कर्जा तथा सापटी रकम साढे ५२ प्रतिशत बढेको हो । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ६९ दशमलव ३३ रहेको छ ।