सुनचाँदीको मूल्य घट्यो, कति छ बजार भाउ ?
वि.सं.२०७९ भदौ २८ मंगलवार ११:२७
4.19K
shares
shares

काठमाडौं, २८ भदौ । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रति तोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

















