Dhulikhel Eco Banner new

इसेवाको सीईओमा जगदिश खड्का नियुक्त

4.32K
shares

काठमाडौं, १३ असोज । इसेवा प्रा.लि.को प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त भएका छन् ।

चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालक समितिले सिइओका रुपमा नियुक्त गरेको हो ।
नवनियुक्त सिइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सिइओ खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।

उनीसंग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्ष भन्दा धेरै समयको अनुभव छ ।
उनी यसअघि एफवानसफ्ट ग्रुप अन्तर्गतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टरको रुपमा समेत आबद्ध थिए ।