हिमालयन रिइन्स्योरेन्सको साधारणसभा कात्तिक ४ गते
वि.सं.२०७९ असोज १४ शुक्रवार १०:५२
5.63K
shares
shares

काठमाडौं, १४ असोज । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले दोस्रो वार्षिक साधारणसभा कात्तिक ४ गते गर्ने भएको छ ।
सभा होटल अलफ्ट ठमेल काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो ।
सभाले प्रबन्धपत्र तथा नियमावलीम आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी आव २०७८÷७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
















