राजदेवी मन्दिरमा १५ हजार बोकाको बली चढाइयो
वि.सं.२०७९ असोज १८ मंगलवार १२:५३
shares

जनकपुरधाम, १८ असोज । मधेसकै प्रसिद्ध शक्तिपीठ जनकपुरधामस्थित राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि चढाइएको छ । महाअष्टमीमा राजदेवीमा बोका बली दिने परम्परा अनुसार सोमवार राति पोने ९ बजेबाट बलि चढाउन सुरु भएको थियो । आज विहानसम्म बलि चढाइएको हो ।
राजदेवी मन्दिरमा १४ हजार ९४१ बोकाको बलि चढेको महावीर युवा कमिटीका उपाध्यक्ष महेश साहले जानकारी दिए । गतवर्ष १४ हजार २९१ बोकाको बलि चढेको थियो । बलि चढाउन मन्दिर परिसरमा सयौँ स्वयंसेवक परिचालन गरिएको थियो ।
उनीहरू ४ वटा ठेहामा बोकाको बलि चढाए । एक मिनेटमा करिब ३० वटासम्म बलि चढाइएको छ । यतिधेरै सङ्ख्यामा बलि चढ्दा मन्दिर परिसर रगतले रङिएको छ । अहिले सरसफाइको काम भइरहेको आयोजकले जनाएको छ ।



















