Dhulikhel Eco Banner new

घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृन्यु

7.24K
shares

काठमाडौ., १८ असोज । मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिका नगरपालिका वडा नम्बर ८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा मासुको हड्डि अड्किएर मृत्यु भएको हो ।

अष्टमी (सोमबार)को साँझ करिब ७ः३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याइएको थियो । मेडिकल कलेजका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।