Dhulikhel Eco Banner new

निफ्राको खुद नाफा ५६ प्रतिशतले बढ्यो

4.19K
shares

काठमाडौं, ७ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५६.४६ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद नाफा ५६.४६ प्रतिशत बढेर ३७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २९६.८८ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको कुल सञ्चालन आम्दानी ५९.४२ प्रतिशत र सञ्चालन मुनाफा ५६.४६ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । नाफा बढेसँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ ।