कर्णाली डेभलपमेन्ट बैंकले कमायो १ करोड ६४ लाख नाफा
वि.सं.२०७९ कात्तिक १६ बुधवार १४:४१
shares

काठमाडौं, १६ कात्तिक । कर्णाली डेभलपमेण्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा १ करोड ६४ लाख नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनी ३ करोड ७९ लाख नोक्सानीमा थियो । चालू आवमा नाफामा सुधारिएसँगै प्रतिशेयर आम्दानी ३ दशमलव २७ धनात्मक भएको छ ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ दशमलव ५४ ऋणात्मक थियो । चालू आवमा कम्पनीको सञ्चालन नाफा वृद्धि भएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ४४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा ९ करोड ३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर ५ करोड ३ लाखमा झरेको हो ।
कम्पनीको चुक्तापूँजी ५० करोड २८ लाख रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा ६ करोड ५४ लाख,रिटेन्ड अर्निङमा २ करोड ४७ लाख र शेयर प्रिमियममा ४ लाख ५८ हजार सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड निक्षेप संकलन गरेर ३ अर्ब २८ करोड कर्जा लगानी गरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९४ दशमलव ४१ गुणा , तरलता अनुपात ३४ दशमलव ८२ प्रतिशत र प्रतिशेयर नेटवर्थ ११८ दशमलव शून्य २ रहेको छ ।


















