Dhulikhel Eco Banner new

दोहोरो अकंले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

481
shares

काठमाडौं, २३ असोज । शुक्रबार शेयर बजार दोहोरो अकंले बढेको छ। शेयर बजार १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ८३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा कुठेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.९१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.८५ प्रतिशतका दरले गुमाएका छन् ।