Dhulikhel Eco Banner new

एक हप्तामा निक्षेप संकल १७ अर्बले घट्यो, कर्जा प्रवाह स्थिर

4.86K
shares

काठमाडौं, १६ कात्तिक । पछिल्लो एक हप्ताको अवधिमा बैंकमा निक्षेप संकलन १७ अर्बले घटेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको साप्ताहिक विवरण अनुसार कात्तिक दोस्रो हप्तासम्म आइपुग्दा बैंकको निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । यो गत हप्ताकोभन्दा १७ अर्ब हो ।

कात्तिक पहिलो साता बैंकको निक्षेप संकल ४५ खर्ब ४१ अर्ब रहेको थियो । असोजनको अन्तिम हप्तादेखि घट्न थालेको बैंकको निक्षेप कात्तिक दोस्रो साता आउँदा पनि घटेको हो । असोज अन्तिम हप्ता ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

कात्तिक दोस्रो हप्तामा कर्जा प्रवाह भने स्थिर रहेको छ । कात्तिक दोस्रो हप्ताको विवरण अनुसार बैंकले ४२ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका छन् । यो गत हप्ता पनि सोही अंकमा रहेको थियो ।