Dhulikhel Eco Banner new

काठमाडौं ९ मा एमालेको सुरुवाती अग्रता

4.6K
shares

काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । पछिल्लो पटक प्राप्त परिणाम अनुसार एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले झिनो मतको अग्रता लिएका छन् ।

एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मत प्राप्त गरेका छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ पछ्याइरहेका छन् । एमाले र स्वतन्त्र पार्टीबीच ३ मतको मात्रै अन्तर छ ।

नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छिन् । नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले २६०, राप्रपाका देवेन्द्र प्रधानले २१५, स्वतन्त्र उम्मेदवार मिलन पाण्डेले १२० मत पाएका छन् । अहिलेसम्म २ हजार २८६ मत गणना भएको छ ।