GBIME

बर्दिया २ मा रेशम चौधरीका बुबा विजयी

876
shares

काठमाडौं, ७ मंसिर । बर्दिया क्षेत्र नं. २ बाट रेशम चौधरीका बुबा विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका रमेशका बुबा लालवीर चौधरी निर्वाचित भएका हुन् ।

उनले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै विजय प्राप्त गरे । चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत ल्याए ।

यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याए भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत पाए ।