GBIME

काठमाडौँ क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक

840
shares

काठमाडौं, ७ मंसिर । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा १० मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य विजयी भएका छन् । उनले पाँच हजार ४६२ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजेशकाजीले शाक्य तीन हजार ७११ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका राजुराज जोशीले तीन हजार ६७० मत पाएका निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रमेश आचार्यले जानकारी दिए।

यसैगरी क्षेत्र नं ८ को प्रदेशसभा २० मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उद्धव थापा तीन हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका निमाघ्याम्छो तामाङले एक हजार ९१५ मत पाएका छन् । कांग्रेसका अमिन पाण्डेले एक हजार २३७ मत पाएका उनले जानकारी दिए ।

क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बिराजभक्त श्रेष्ठ १० हजार १०५ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार १७४ मत पाएका थिए ।