GBIME

साधना लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

1.38K
shares

काठमाडौं, २२ मंसिर । साधना लघुवित्त वित्तीय संस्था लमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले अधिकृत/सहायकअधिकृत (आन्तरिक लेखा परीक्षण विभाग र कर्जा असुली विभाग) पदका लागि केही, सुपरभाइजर/वरिष्ठ सहायक/सहायक पदका लागि केही र व्यवस्थापन प्रशिक्षार्थी/सहायक प्रशिक्षार्थी पदका लागि केही कर्मचारी माग गरेको छ ।

कम्पनीका अनुसार उमेरहदमा सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ ननाघेको र अधिकृत तहमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको तर महिला आवेदकको हकमा ५ वर्ष थप हुने जनाइएको छ ।

इच्छुक तथा अनुभवी आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र कम्पनीको वेबसाइटमा आवेदन गर्न आह्वान गरिएको छ ।