Dhulikhel Eco Banner new

महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

5.24K
shares

काठमाडौं, २७ माघ । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएको छ । अध्यक्ष गुरुङको उपचारको क्रममा शुक्रबार जिल्ला अस्पताल दैलेखमा निधन भएका हो ।

मुटुमा दुखाइ बढेपछि उनलाई बिहीबार जिल्ला सदरमुकाममा रहेको मेडिकलमा लगिएको थियो । उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो । ७९ वर्षीय गुरूङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य थिए । २०७४ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।