GBIME

सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत लाभांश दिने

894
shares

काठमाडौं, १७ फागुन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ ।

फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ७९ करोड १९ लाख ८४ हजार रहेको छ । सोही पूँजीका आधारमा कम्पनीले रू. ११ करोड ८७ लाख ९७ हजार बराबरको बोनस शेयर वितरण गर्न लागेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

साविक वोमी लघुवित्त वित्तीय संस्था र साविक सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा गई २०७८ चैत १९ गतेदेखि एकीकृत कारोबार गरेकाले लाभांश करमा छूट पाएको छ ।