GBIME

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

1.01K
shares

काठमाडौं, १७ फागुन । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । बुधबार सानिमा बैंक र सीवाईसी नेपाल लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।

आज सानिमा बैंकको १० प्रतिशतले हुन आउने १ करोड १३ लाख १७ हजार ३ सय ७७ दशमलव ३३ कित्ता बोनस शेयर र सीवाईसी नेपाल लघुवित्तको ३० प्रतिशतले हुन आउने ३ लाख ६४ हजार ९ सय २५ दशमलव ५१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।