Dhulikhel Eco Banner new

कानूनका विद्यार्थीलाई कानून पढाउँदै : अध्यक्ष ओली

5.64K
shares

काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानून कसरी बनाइन्छ भन्ने कुरा कानूनका विद्यार्थीलाई पढाएका छन् ।

आज बिहीबार अनेरास्ववियुले काठमाडौँको सभागृहमा आयोजना गरेको कानूनका विद्यार्थीसँग केपी ओली विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संघ, प्रदेश र स्थानीय तहले कानुन बनाउन सक्ने र त्यसका आफ्नै प्रक्रिया रहेको बताए । उनले भन, ‘अहिले तीन तहका सरकार भनेका छौँ हामीले । अहिले संघीय तहमा कानुन निर्माण हुन्छ, प्रदेश तहमा हुन्छ र स्थानीय तहमा कानुन निर्माण हुन्छ । तर आआफ्नै रुल के हो भने संविधानभन्दा बाहिर गएर कानुन निर्माण गर्न पाइँदैन ।’

उनले संविधान बमोजिम संघीय संसदले कानुन बनाउने भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैले पारित गरेपछि त्यसलाई राष्ट्रपतिले लालमोहोर लगाएपछि त्यो कानूनका रुपमा जाने बताए । सोही कानूनसँग नबाझिने गरी प्रदेश र स्थानीय तहहरुले पनि कानून बनाउन सक्ने बताएका छन् ।