Dhulikhel Eco Banner new

विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन प्रधानमन्त्रीको निर्देशन

4.99K
shares

काठमाडौँ, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् ।

बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् ।

बैठकमा भएको प्रस्तुतिले चालु आर्थिक वर्षको हालसम्मको अवस्था उजागर गरेको छ । गृह प्रशासनसँग सम्वन्धित विद्यमान नीति तथा कानुनहरूलाई समसामयिक बनाउनेतर्फ लाग्ने र कार्य सञ्चालनसँग सम्वन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवं परिमार्जन गर्ने जस्ता निर्देशनहरु गरिएको थियो ।