Dhulikhel Eco Banner new

‘सबै पक्षले काम गर्दा पनि बाल बिवाह रोक्नै चुनौति’

6.23K
shares

काठमाडौै, १३ चैत । सबै पक्षको सकारात्मक पहल हुँदा पनि नेपालमा बाल बिवाह रोकिन नसकेको सरोकारवालाहरुले बताएका छन् । नेपालमा बालविवाहको वर्तमान अवस्था, चुनौतीहरु तथा भावि कार्यदिशा विषयक एक उच्च स्तरिय नीतिगत सम्बाद कार्यक्रम बोल्ने वक्ताहरुले सबै सरकारले सकारात्मक काम गर्दा पनि बाल बिवाह नरोकिएको बताएका हुन् ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका यमलाल भुषालले नेपाल सरकारको तर्फबाट बालविवाह रोकथामका निमित्त विद्यमान कानुनहरु तथा भईरहेको प्रयासहरुको बारेमा कार्यपत्र पेश गरेका थिए । साथै विभिन्न प्रदेश तथा स्थानीय सरकारहरुले सकारात्मक प्रयासहरुको बावजुद पनि बालविवाह रोकथम गर्न चुनौती रहेको उनको भनाइ थियो ।

यसका साथै उनले बालविवाह रोकथामका लागि नागरिक संघ सस्थाहररु तथा सरकारी निकायहरु संयुक्त रुपमा अघि बढ्नु पर्ने कुरामा जोड दिए । बालिका दुलहि हैन तथा एनएसिजी नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा बालअधिकारका क्षेत्रमा कार्यरत विभिन्न नागरिक समाजका सञ्जालहरु, सामाजिक संघ सस्थाहरु, विकासका साझेदार संस्थाहरु तथा सम्बन्न्धित सरकारी नियकाहरुको संयुक्त उपस्थिती रहेको थियो ।

कार्यपत्र माथि धारणा राख्ने क्रममा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्य बम बहादुर बाँनियाले नागरिक संघ संस्थाहरुको अझै खबरदारीको आवश्यकता रहेको कुरामा जोड दिए । साथै राष्ट्रिय बाल अधिकार परिषद् बाल अधिकारमा काम गर्ने संस्थाहरुको साझा थलोको रुपमा रहेकाले नागरिक संघ संस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको पनि जानकारी दिए । नेपाल सरकारले पनि राष्ट्रिय बाल अधिकार परिषद्लाई थप बलियो बनाउँदै यसको भूमिकालाई अझ अघि बढाउँनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले बाल विवाह न्यूनिकरणका लागि नेपाल सरकार नै प्रमुख रुपमा जिम्मेवार हुनु पर्ने कुरामा दिए । त्यस्तै आयोगका पूर्व आयुक्त गौरी प्रधानले बालविवाह अन्त्य हुनु भनेको राष्ट्रको गौरबको कुरा भएको तथा समग्र बालबालिकाको अवस्थामा सुधार हुनु भनेको देश विकासको सुचक पनि भएकाले यस कुरामा जोडदिनु पर्ने पर्ने बताए । भौतिक विकास मात्र गौरबका विषय नभई समग्र बालबालिकाको उत्थानको विषय पनि गौरबको विषय भएको उनको भनाइ थियो ।

कार्यक्रममा नै बाल अधिकार सम्बन्धि विभिन्न १५ सञ्जालहरुले बाल बालिका राष्ट्रिय गौरब हुन् अभियानलाई अपनत्व समेत ग्रहण पनि गरेका थिए । एनएअनका अध्यक्ष किरण थापाले प्रस्तुत नीति संवाद कार्यक्रमबाट आएका सुझावहरुलाई मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा हस्तान्तरण गरि बाल विवाह अन्त्यका लागि सबै माझ पहलकदमीका लागि नेतृत्व लिने बताए ।