Dhulikhel Eco Banner new

डल्ले च्याउ र कागतीको मूल्य घट्यो, कोइरालाको मूल्य प्रतिकेजी १८० रुपैयाँ

3.45K
shares

काठमाडौं, १३ चैत । सोमबार बजारमा डल्ले च्याउन र कागतीको मूल्य घटेको छ । अघिल्लो दिन २८० रुपैयाँ रहेको डल्ले च्याउको मूल्य सोमबार २५० रुपैयाँमा झरको हो । त्यस्तै अघिल्लो दिन २८० रुपैयाँ रहेको कागतीको मूल्य आज २६० रुपैयाँ केजीमा बिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तोकेको तरकारी तथा फलफूलको मूल्य सूची अनुसार कोइरालाको मूल्य १८० रुपैयाँ रहेको छ । समितिका अनुसार सोमबारका लागि नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, च्याउ प्रतिकेजी १८० रुपौयाँ, घिरौला ११० रुपैयाँ, चमसूरको साग प्रतिकेजी ११० रुपैयाँ, कोइरालो प्रतिकेजी १८० रुपैयाँ काक्रो (लोकल) ४० ५० रुपैयाँ, हरियो धनिया ३० रुपैयाँ रहेको छ ।

त्यसैगरी, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ रहेको छ । मटरकोशा प्रतिकेजी ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ, जुनार प्रतिकेजी २२० रुपैयाँ, मूला सेतो(लोकल) प्रतिकेजी ३५ रुपैयाँ मौसम प्रतिकेजी १५० रुपैयाँ, स्याउ(झोले) प्रतिकेजी २०० रुपैयाँ रहेको छ । सुन्तला (भारतीय) प्रतिकेजी १४० रुपैयाँ रहेको छ ।