Dhulikhel Eco Banner new

अमेरिकी डरको मूल्य स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

3.46K
shares

काठमाडौं, १३ चैत । सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । अमेरिकी डलरको विनिमयदर आइबार कायम भएकै दर रहेको हो ।

आइतबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको थियो । सोमबार पनि सोहि दरमा अमेरिकी डलरको कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३५ पैसा रहेको छ । यो अघिल्लो दिनको तुलनामा केही बढी हो । आइतबार युरोको मूल्य खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९६ पैसा रहेका थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ०६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८० पैसा पुगेको छ । अघिल्लो दिन पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा रहेको थियो । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।