Dhulikhel Eco Banner new

सरकारमा सहभागी हुन काँग्रेसको केन्द्रीय कमिटी बैठक मंगलबार बस्दै

3.45K
shares

काठमाडौं, १३ चैत । सरकारमा जान तयारीमा रहेको नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली (मंगलवार) बोलाएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बस्नेछ ।

बैठकमा सरकारमा सहभागि हुने की नहुने बिषय टुंगो लाग्नेछ । काँग्रेसले सरकारमा सहभागि हुन अर्थसहित ८ मन्त्रालय मागिरहेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात मन्त्रालय दिने पक्षमा छन् । काँग्रेसका अनुसार सरकारमा सहभागि हुने मन्त्रीको बिषयमा पनि टुंगो लाग्नेछ । काँगेस उपाध्यक्ष पुर्णबहादुर खड्का वा पार्टी प्रवक्ता प्रकाशशरण महत मध्ये एकको नेतृत्वमा सरकारमा सहभागि हुने तयारीमा छ ।