दुई बीमा कम्पनीलाई प्राधिकरणको कारबाही, दुई–दुई लाख जरिवाना
वि.सं.२०७९ चैत १३ सोमवार १०:४५
4.85K
shares
shares

काठमाडौं, १३ चैत । बीमा प्राधिकरणको नियम विपरित गएको भन्दै दुई वटा बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिरणको कारबाहीमा पर्नेमा नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रहेका छन् ।
दुइ कम्पनीलाई बीमा ऐनको परिपालना नगरेको, बीमा ऐन विपरित कारोबार गरेको लगायतका काम पटक पटक दोहोर्याएको भन्दै प्राधिकरणले जरिवाना गराएको हो । प्राधिकरणले दुई कम्पनीलाई जनही २ लाख रुपैयाँको दरले जरिवाना गरेको छ । यसअघि १० हजार रुपैयाँसम्मको जरिवाना पर्दै नियामकको निर्देशन नमान्ने कम्पनीहरु यसपटक ठूलो जरिवानामा परेका हुन् ।



















