क्रिकेटर सन्दिप बिरुद्ध मुद्धाको पेशी तोकियो, आजै फैसला हुन सक्ने
वि.सं.२०७९ चैत १३ सोमवार १०:५३
shares

काठमाडौं, १३ चैत । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको जबरजस्ति करणी सम्वन्धि मुद्धाको आज (सोमवार) पेशी तोकिएको छ । अदालतको नियमित कार्यसूची अनुसार उनी विरुद्धको मुद्धा सम्बन्धमा आज पेशी तोकिएको हो ।
उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा जबरजस्ति करणी मुद्धा बिचाराधिन अवस्थामा छ । अदालतले दुवै पक्षको बयान र आवश्यक प्रमाण बुझिसकेको हुँदा मुद्धामा आजै फैसाला आउन सक्ने सम्भावना रहेको छ ।
१७ वर्षीय बालिका बलात्कार अभियोगमा लामिछाने गत २० असोजमा पक्राउ परेका थिए । पुपक्र्षका लागि कारागार चलान भएका उनीलाई उच्च अदालत पटकले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । सन्दीप विरुद्ध पीडितले गत २१ भदौमा प्रहरी वृत गौशलामा जाहेरी दिइएकी थिइन् । जाहेरीमा उल्लेख भए अनुसार बालिका गत ५ भदौमा गौशलास्थित होटलमा बलात्कृत भएकी थिइन् ।



















